आगामी वर्ष ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाण्डु – आगामी आर्थिक वर्षमा सरकारले ५ लाख नागरिकलाई जग्गाधनी पुर्जा प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमि सम्बन्धी कानूनमा संशोधन गरी ५ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने जानकारी दिए । उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन…