गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको छ, प्रतिवाद गरौं : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार काठमाण्डुमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध प्रश्न उठाउने दुस्साहस भइरहेकाले त्यसको प्रतिवाद गर्नु आजको आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले गणतन्त्रविरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन् ।…