काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् । राज्यको संयन्त्र र कानूनलाई गलत रूपमा प्रयोग गरेर लामिछानेलाई कानूनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ । उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका २ वटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत…