सप्तकोसीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटियो

काठमाण्डु - सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये एकजनाको शव फेला परेको छ। शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीको शव फेला परेको सशस्त्र प्रहरी वलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। झापा घर भएका उनी नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।…