काठमाण्डु - प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका २१ जना प्रहरी कर्मचारीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन सूचना प्रकाशित गरिएको कानुन शाखाले उल्लेख…