भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले जेठ १३ गते संसद्मा बोल्ने

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकले जेठ १३ गते संसद्मा बोल्ने भएका छन् । शनिबार भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले १३ गते प्रतिनिधि सभामा बोल्न समय माग गरिसकेको जानकारी दिए । उनले भने, ‘प्रतिनिधिसभामा विस्तृत कुरा बोल्छु ।’ उनले आफ्नोबारेमा षड्यन्त्रपूर्वक झूटा प्रचारबाजी भएको गुनासो गरेका छन्…