काठमाण्डु – गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका डा. विश्व पौडेललाई गभर्नर हुनबाट रोक्न खोज्दै दायर रिट सर्वाेच्चमा अगाडि नबढ्ने भएको छ । डा. पौडेललाई रोक्ने गरी पेश भएको रिट सर्वोच्च अदालत प्रशासनबाट दरपीठ भएकोमा त्यसविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश नै सदर गरेको छ । अधिवक्ता प्रतिभा उप्रेती र…