काठमाण्डु - माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आएतबार कर्णाली प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशको अभियान सकेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताका टोली आइतबार बिहान कर्णाली प्रदेशमा प्रवेश गरेको हो । गएको शुक्रबार बैतडीको पाटनमा माओवादीले यो अभियानको उद्घाटन गरेको थियो। आइतबार बिहान कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका पोखरेल…