मधेसी, जनजाति, महिला विरोधी कांग्रेसलाई ८४ को चुनावमा डाँडा कटाउनू : सांसद सिंह

काठमाण्डु– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जनजाति महिला भएकै कारण हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने लागेको बताएका हुन् । उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाएका छन् । उनले…