काठमाण्डु — थाइल्याण्ड र कम्बोडियाको सीमामा तनाव सिर्जना भएको छ। बिहीबार बिहानदेखि विवादित सीमाक्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान भएको हो। कम्बोडियाली अधिकारीहरूले चलाएको गोली लागेर एक नागरिकको मृत्यु भएपछि थाइल्याण्डले हवाई आक्रमण गरेको बताइएकाे छ । आक्रमणमा परि कम्तीमा ९ थाई नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ। रोयल थाई आर्मीका अनुसार सिसाकेट प्रान्तमा ६…