काठमाण्डु– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा टिपर खसेको हो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर नदीमा खस्दा ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए। टिपरमा चालकसहित तीन…