छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाण्डुको शंखरापुर नगरपालिका–५ पालुवारीस्थित सडकमा बा६५प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री शंखरापुर नगरपालिका–६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले…