काठमाण्डु- भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार भेटवार्ता भएको जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । जयशंकरले पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिक ( सुदीप न्यौपाने)को मृत्यु भएकोमा राजदूत शर्मासमक्ष समवेदना समेत व्यक्त गरेको उल्लेख गरेका छन् । यस्तै उनीहरुबीच द्विपक्षीय सम्बन्धमा…