सिन्धुपाल्चोकमा भूकम्प

काठमाण्डु- सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्रबिन्दु फुलपिङकोट रहेको छ। बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।