काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत कुरामा सम्प्रमाइज हुने अवस्थामा कांग्रेस सरकारबाट बाहिर जाने धम्की दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा आयोजित संवादमा बोल्दै महामन्त्री थापाले शिक्षक र निजामती आन्दोलनतर्फ संकेत गर्दै कांग्रेस समस्याबाट भागेर नहुने बताए । उनले कांग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाए । उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर…