काठमाण्डु – नेकपा एमाले नेत्री एवं पूर्वसांसद नवीना लामाले शनिबार केही घण्टाको फरकमा सामाजिक सञ्जाल फेसबूकमा ३ वटा पोस्ट गरिन् । ३ वटै पोष्टमा उनले नेतृत्वको आलोचना र चुनावमा पार्टी हारको समीक्षा नगरी बाह्य कारण औंल्याएर उम्किन नमिल्ने आशय व्यक्त गरेकी छन् । पहिलो पोस्टमा लामाले नेता–कार्यकर्ताले गायक रामकृष्ण ढकाल अभिनित चलचित्र ‘मालती मंगले’ बहिष्कार…