मोटरसाइकलसहित खोलामा खसेका युवकको मृत्यु

काठमाण्डु- प्युठान जिल्ला गौमुखी गाउँपालिका १ अर्खाका २५ वर्षीय हेमराज राना मगर नेपाने खोलामा मृत भेटिएको छ । मगर मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा शनिबार विहान सवा ७ वजेतिर फेला परेको हो । जिल्ला प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मगर सवार लु ५६ प १५७६ नम्बरको मोटरसाइकलमा ठुलाबेसीबाट अर्खातर्फ जाँदै गर्दा खोलामा खसेका हुनसक्ने बताए ।…