रविसँग चुनाव हारेकी मिनाकुमारी बनिन् महिला संघको अध्यक्ष

काठमाण्डु- नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष नियुक्त गरेका हुन्। थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम खरेललाई अध्यक्षमा नियुक्ति गरेका हुन्। अध्यक्ष चयनसँगै उनलाई फागुन १५ गतेभित्र महाधिवेशन गर्ने कार्यादेश पनि दिइएको छ। उनलाई दिइएको १७ बुँदे कार्यादेश…