काठमाण्डु - सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय भएको छ ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्नेबारे पनि उनले खुलाएनन् ।…