काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरूविरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाण्डु महानगरपालिका–२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच आईजीपी कार्कीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् । काठमाण्डु…