काठमाण्डु - एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । एमाले केन्द्रीय संगठन विभागले बुधबार आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै अध्यक्ष ओलीले कार्की आयोग नक्कली भएको आरोप लगाए । ‘भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका…