काठमाण्डु – आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले बैठकमा जानकारी गराए । ‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र…