काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका ध्रुव प्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बिहीबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति सिग्देलले उपरथीमा पदोन्नति भएका ध्रुव प्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस्तै प्रधानसेनापति सिग्देलले महासेनानीबाट सहायक…