काठमाण्डु - प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको आगामी दुई वर्षे कार्ययोजना सार्वजनिक गरेका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्रकार सम्मेलन आयोजना गरी आईजीपी कुँवरले ‘नेपाल प्रहरी कार्ययोजना, २०८०’ सार्वजनिक गरेका हुन्। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको…