प्रधानसेनापति शर्माले गरे काली बहादुर गणको निरीक्षण

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्माले काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार प्रधानसेनापति शर्माले चितवनस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको दौरान उनले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल लिइ व्यारेक हाता निरीक्षण लगायत सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।