काठमाण्डु - गृहमन्त्रालयले नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खांडले मन्त्रिस्तरिय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको बिहीवार सरुवा भएको हो । सरुवा हुनेमा प्रहरी महानिरीक्षकको सचिवालयका कार्यरत एसएसपी वसन्त कुंवरदेखी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीसम्म छन् । कुवर महानगरीय अपराध महाशाखामा…