काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवामा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टर र सशस्त्र प्रहरी नायव निरीक्षक ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई बिहीबार पक्राउ गरेको हो । सेवाग्राहीसँग ५०…