काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाली सेनाले प्रदेश १ मा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ । सेनाले प्रदेश सरकारसँगको समन्वयमा प्रदेश १ को तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार मोरङको टाँडी, झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्र र उदयपुरको बेलसोतस्थित…