प्रधानसेनापति थापाद्धारा अमलेखगञ्ज्स्थित शिक्षालय र प्लाण्टको निरीक्षण

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले अमलेखगञ्ज्स्थित प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति थापाले आइतबार उक्त निरीक्षण भ्रमण गरेका नेपाली सेनाले जनाएको छ । निरीक्षण भ्रमणको क्रममा थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सेनाले जानकारी दिएको छ ।…