आन्तरिक सुधारपछि प्रतिरक्षा र कूटनीति सम्बन्ध विस्तारमा प्रधानसेनापति थापा सक्रिय

काठमाडौं - गत वर्ष २०७५ भदौ २४ गते प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका पूर्णचन्द्र थापालाई भेटेर विभिन्न देशका राजदूतले सुरूमै विदेश भ्रमणको निम्तो दिए । तर, उनको पहिलो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीति थिएन । उनले सुरूमा विदेश भ्रमणको निम्तो स्वीकार गरेनन् । बरु उपयुक्त समय मिलाएर भ्रमण गर्ने जवाफ फर्काउँदै संगठनभित्रको आन्तरिक सुधारमा ध्यान दिए ।…