गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्रीकाे निर्देशन ‘परिचालित होइन स्वचालित हुनुस’

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा 'बादल' ले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित नभर्इ स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री थापाले यस्ताे निर्देशन दिएका हुन् । उनले भने 'निर्देशनपछि केही दिन स्वःफूर्तरुपमा कामका लागि परिचालित हुने फेरि निष्क्रिय…