काठमाडौँ – गृह मन्त्रालयले विवादास्पद बनेको सनम शाक्य हत्या प्रकरणमा प्रहरी मुख्यालयले गरिरहेको छानबिनप्रति संशय प्रकट गर्दै छुट्टै छानबिन समिति गठनको तयारी गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डिआईजी पुष्कलराज रेग्मी नेतृत्वमा गत साता चार सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिले प्रतिवेदन तयार नपार्दै गृहमन्त्री रामबहादुर थापा बादलले छुट्टै उच्चस्तरीय छानबिन समिति…