काठमाडौ- नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन्। हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ। सेनाले भने…