काठमाडौं– थाइल्यान्डका सेना प्रमुख तोन्चाइयान स्रिस्वाना नेपालको चार दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं पुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी पूर्णचन्द्र थापाले स्वागत गरेका हुन्। स्रिस्वानाले बुुधबार नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए, भने जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो। यसैबीच, उनले बुुधबार नै प्रधानसेनापति…