धरान - अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौंको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले पाँच हात…