काठमाण्डु- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई नेपालले १७३ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको नेपालले जितका लागि १७३ रनको लक्ष्य दिएको हो । आजको खेलमा नेपाली ओपनर कुशल भुर्तेलबाहेक अरु सबैको प्रदर्शन निराशाजनक रह्यो। ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल…