काठमाण्डु - नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको तेस्रो खेलमा हङकङलाई विशाल लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको छ । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । मल्लले ९२ रन र ऐरीले ५७ रनको योगदान गरे ।