भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

काठमाण्डु - भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो। भारतका…