महिला साफ च्याम्पियनसीप आजबाट : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाण्डु – महिला साफ च्याम्पियनसीप आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुने छैटौँ संस्करणको च्याम्पियनसीपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन् । यस खेलमा साफ आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ…