काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानको शनिबार बसेको बोर्ड मिटिङले पुबुदुलाई दोस्रो पटक प्रशिक्षकमा अनुमोदन गरेको हो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा…