काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको हो । सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए ।…