काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । माघ २२ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानले एकआपसमा २–२ एकदिवसीय खेल खेल्नेछन्…