एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना

काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचार संहिता समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गरेको छ । समितिको गत बुधबार बसेको बैठकले एन्फाले ‘एएफसी क्लब लाइसेनिङ रेगुलेन’ बिपरित काम गरेको भन्दै ३५ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स दिएको समितिको ठहर छ ।…