आइसीसी यु-१९ विश्वकप एसिया छनोट : निर्णायक खेलमा नेपाल र अफगानिस्तान खेल्दै

काठमाण्डु-१९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा शनिबार नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ । यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् ।…