इटहरी – नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राका क्रममा भोलि बिहीबार तेह्रथुमको बसन्तपुरमा बृहत् सभा हुने भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले बसन्तपुरमा १५ हजार बढीको सहभागिता हुने गरी तयारी गरिएको जानकारी दिए । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सभामा सुनसरी, मोरङ,…