काठमाण्डु- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन…