अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । पक्राउमध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना…