विराटनगर – कोशी प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारमाथि प्रश्न उठाउने सांसदलाई नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जवाफ दिएका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै भण्डारीले उपसभामुखले महत्त्वपूर्ण ढंगले भूमिका निर्वाह गरिरहेको दाबी गरे । ‘उपसभामुखले १३ गते कटाइदिन्छु भन्नुभएन नि ! बिरामी भएर चुपचाप हस्पिटल गएर बस्नुभएन नि…