काठमाण्डु – सरकारका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत च्याम्ताङ्ग–घोंघप्पा सडक खण्डको निरीक्षण गरेका छन् । सोमबार निरीक्षणको दौरान उनीहरुलाई सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूबारे जानकारी गराइएको छ । २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको…