दाङ - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । मंगलबार दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे । “म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच…